ज्योति लाईफ इन्स्योरेन्सको ६६ करोड रुपैयाँको आईपिओमा आवेदन खुल्ला, फागुन २८ भित्र नभरे नपाइने

१६ फाल्गुन २०७७, आईतवार १३:१८

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ (साधारण शेयर) मा आवेदन खुल्ला गरिएको छ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको आईपिओको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जारी गरेको सूचना अनुसार यही फागुन २३ गतेदेखि आवेदन खुल्ला गरिएको छ । कम्पनीले गत वर्षदेखि नै आईपिओ निष्काशन गर्ने प्रयास गरेको भएपनि दुई पूर्ण आर्थिक वर्षको लेखा परिक्षण प्रतिवेदन पेश गर्न नपाएर ढिलाई भएको थियो ।

उक्त आईपिओ छिटोमा यही फागुन २८ गते र ढिलोमा चैत्र २८ गते बन्द हुनेछ । अनलाईनबाटै भर्ने सुविधा तथा माग भन्दा कैयौं गुणा बढि आवदन पर्ने हुँदा फागुन २८ गतेबाट उक्त आईपिओमा आवेदन दिने समय बन्द हुनेछ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओमा आवेदन दिन चाहनेले सो मिति अगावै आवेदन दिईसक्नुपर्नेछ ।

कूल ६६ करोड रुपैंया बराबरको ६६ लाख कित्ता आईपीओको लागि आवेदन खुल्ला गरिएको हो । कूल ६६ करोड रुपैयाँको आईपिओ मध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामुहिक लगानी कोषलाई छुट्टाएपछि बाँकी ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई वितरण गर्ने कम्पनीले जनाएको छ ।

सो आईपिओमा नेपालमा आईपिओ भर्दै आएका १५ लाख जनताले आवेदन दिने विश्वास गरिएको छ । न्यूनतम् १० कित्ताको दरले वितरण गर्दा समेत जम्मा पाँच लाख ९४ हजार जनाले मात्रै आईपिओ पाउने छन् । बाँकी आवेदकको हात खाली हुनेछ ।

विस्तृत विवरण यहाँ गएर हेर्न सक्नुहुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*