ज्योति लाईफको आईपिओ भर्ने म्याद सकियो, ६ दिनमा १८ लाखको आवेदन

२६ फाल्गुन २०७७, बुधबार १८:०६

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ भर्ने म्याद आजबाट सकिएको छ । सो कम्पनीले निष्काशन गरेको ६६ लाख कित्ता आईपिओमा यही फागुन २१ गतेदेखि आईपिओ खुल्ला गरिएकोमा आजबाट बन्द भएको हो ।

बुधबार अपरान्ह ५ बजेदेखि आईपिओमा आवेदन दिने काम बन्द गरिएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार बुधबार ५ बजेसम्म इन्स्योरेन्सको आइपीओमा १८ लाख ४ हजार ६४८ जनाबाट ३ करोड ८० लाख ५७ हजार ७१० कित्ता आईपीओको लागि आवेदन परेको छ । यस बाहेक बैंकहरुमार्फत भरेकाहरुको अन्तिम तथ्याङ आजै राति वा भोलि विहानसम्म मात्रै आउने भएकोले अन्तिम तथ्याङ्क आउँदा अझै बढ्न सक्ने अनुमान छ ।

कूल ६६ लाख कित्ता आवेदन मध्ये कर्मचारीलाई पाँच प्रतिशत र सामूहिकल गानी कोषका लागि छुट्याइएको पाँच प्रतिशत कटाएर ५९ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणले पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*