जन्मदिनको अवसरमा सिटिजन बाल भविष्य उपहार

काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिका(७,गुल्मी स्थायी ठेगाना भएका केशव थापा तथा रीता पाण्डे थापाले छोरी वर्षा थापाको जन्मदिनको अवसरमा जिवन बीमाको पोलिसी उपहार स्वरुप दिएका छ्न् । छोरीको जन्म दिनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन बाल भबिस्य जीबन बीमा पोलिसी उपहार दिएका हुन् ।
जन्मदिनको अवसरमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने शिक्षा तथा स्वास्थको ग्यारेन्टी हुने भएकोले छोरीको भविष्य सुनिश्चित गर्न जन्मदिनको अवसरमा बीमा गरी पोलिसी उपहार स्वरुप दिएको रीताले बताइन।
अनिवार्य बचतको लागि जीवन बीमा उपयुक्त मध्यम भएकोले आज भोलि धेरैले पर्व तथा उत्सव हरुमा बीमा गर्ने चलन बढेको अभिकर्ता गंगा थापाले बताईन।
सिटिजन बाल भबिस्य बीमा पोलिसी अन्तर्गत बच्चा र प्रस्तावक दुबैको जोखिम बहन हुने तथा बिमा समाप्तिमा बिमाङ्क र बोनस रकम प्राप्त हुने भएकोले भोलिको उज्ज्वल भबिस्यको लागि थापा परिवारले सिटिजन बालभबिस्य बीमा योजना खरिद गरेको तम्घास शाखाका शाखा प्रबन्धक विजय मरासिनीले बताए













