८ महिनाको बीमा तथ्याङ्कः शिखर इन्स्योरेन्स पहिलो सगरमाथा दोस्रो, अन्यको अवस्था कस्तो ?

११ चैत्र २०७७, बुधबार १७:४१

काठमाडौं । बीमा समितिले आठ महिनामा बीमा कम्पनीहरुले आर्जन गरेको बीमा शुल्क सहितको तथ्याङ्क सार्वजनिक गरेको छ । सो तथ्याङ्क अनुसार नेपालमा सञ्चालित १९ वटा निर्जिवन बीमा कम्पनीहरुले २० अर्बभन्दा बढि बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । निर्जिवन बीमा कम्पनीहरुको व्यवसाय कोरोना महामारीकै बीचमा समेत फस्टाएको तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय बीमा कम्पनीले आर्जन गरेको बीमा शुल्क बाहेकको तथ्याङ्कमा शिखर इन्स्योरेन्स उत्कृष्ट देखिएको छ । तथ्याङ्क अनुसार निर्जिवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमाशुल्क आर्जन गरेर उत्कृष्ट बनेको छ, शिखर इनस्योरेन्स । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा कम्पनीले दुई अर्ब अर्ब ६८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । केही वर्षदेखि सबैभन्दा अगाडि रहेको कम्पनीले चालु आर्थिक वर्षको सुरुमा प्रतिस्पर्धी कम्पनीले भेट्टाउन खोजेपनि ८ औं महिनासम्म आइपुग्दा कम्पनीले प्रतिस्पर्धी कम्पनीहरु भन्दा निकै अब्बल देखिएको छ ।

त्यस्तै, दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनीले व्यवसाय गरेको छ । सो कम्पनीले यस अवधिसम्ममा एक अर्ब ७७ करोड रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएको छ । त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीले एक अर्ब ७३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरी तेस्रो बन्न सफल भएको छ । चौथोमा सिद्धार्थ इन्स्योरेन्स कम्पनी रहेको छ । सिद्धार्थले एक अर्ब ५७ करोड, एनएलजी इन्स्योरेन्सले एक अर्ब ४६ करोड, प्रिमियर इन्स्योरेन्सले एक अर्ब २६ करोड, प्रभु इन्स्योरेन्सले एक अर्ब रुपैयाँ, आइएमई लाइफले एक अर्ब रुपैयाँको बीमा व्यवसाय गरी आफूलाई अर्ब क्लवमा उकाल्न सफल भएका छन् ।

त्यस्तै, अर्बभन्दा तल बीमा व्यवसाय गर्नेहरुमा प्रुडेन्सियल इन्स्योरेन्सले ९४ करोड, लुम्बिनी जनरल इन्स्योरेन्सले ९२ करोड, अजोड इन्स्योरेन्सले ८९ करोड, नेपाल इन्स्योरेन्सले ८४ करोड, यूनाईटेड इन्स्योरेन्सले ७४ करोड, ओरियन्टल इन्स्योरेन्सले ७३ करोड, एभरेष्ट इन्योरेन्सले ६७ करोड, हिमालयन जनरल इन्स्योरेन्सले ६० करोड, नेशनल इन्स्योरेन्स ५५ करोड, जनरल इन्स्योरेन्सले ४७ करोड, सानिमा जनरल इन्स्योरेन्स ३९ करोड रुपैयाँ रहेका छन् । पुरानो कम्पनी एभरेष्ट, हिमालयन जनरल इन्स्योरेन्सको बीमा व्यवसाय घटेको देखिएको छ भने विगतमा कान्छो कम्पनी बनेको युनाईटेड इन्स्योरेन्सको व्यवसायमा सुधार भएको तथ्याङ्कले देखाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*