शिखर इन्स्योरेन्सको बैशाख २२ देखि ४ दिने बीमा अभिकर्ता तालिम

१० बैशाख २०७८, शुक्रबार १३:५७

काठमाडौं । शिखर इन्स्योरेन्सले ४ दिने बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले वैशाख २२ गतेदेखि २५ गतेसम्म ४ दिनको अभिकर्ता तालिम संचालन गर्ने भएको हो ।

संचालन गर्न लागेको उक्त तालिममा बैशाख १७ गतेसम्म कम्पनीको आधिकारीक इमेल मार्फत निवेदन दिन कम्पनीले सहभागी इच्छुकलाई आग्रह गरेको छ । तालिममा सहभागी हुनको लागि न्यूनतम शैक्षिक योग्यता एसएलसी हुनु पर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ईच्छुक व्यक्तिले निवेदनका साथ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो,  इमेल तथा मोबाइल नम्बर समेत उल्लेख गर्नुपर्नेछ ।

साथै संस्थाको हकमा भने कुनै एक संचालकले तालिम समेत लिनुपर्ने कम्पनीले सूचना मार्फत जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*