हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । बिहिबार शेयरबजारमा दोहोरो अंकले घट्न पुगेको छ । दुई दिनयता झिनो अंकले बढेको नेप्से सूचक आज १८.३० अंकले घटेर २०३९ विन्दुमा कायम भएको छ । नेप्से घटेसँगै नेप्सेमा कारोबार पनि घटन् पुगेको छ । आज शेयरबजारमा एक अर्ब ७१ करोडमाथिको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक हिमाल दोलखा हाइड्रोपावरको ११ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, रिडी हाइड्रोपावरको ९ करोड ४१ लाख, नेष्डो समृद्ध लघुवित्तको ८ करोड ३१ लाख, अरुण काबेली पावरको ७ करोड २८ लाख र राधी विद्युत कम्पनीको ४ करोड ८३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
यस साता सर्वाधिक कारोबार हुने कम्पनीहरुमा हाइड्रोपावर कम्पनीहरु रहेका छन् । शेयरबजारमा उतारचढाव आएपनि लगानीकर्ताहरुले हाइड्रोपावरको शेयर सर्वाधिक खरिदबिक्री गरेको देखिएकोछ ।














