एनआइबिएल सहभागिता फण्डद्धारा लाभांश प्रस्ताव, बुकक्लोज कहिले ?
१० भाद्र २०७९, शुक्रबार १०:२९

काठमाडौं । एनआइबिएल एस क्यापिटल लिमिटेडको एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइबिएल सहभागिता फण्डले लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको भदौ ९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट फण्डका इकाइधनीहरुलाई कर सहित ७.२० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
साथै लाभांश वितरण प्रयोजनका लागि यस योजना व्यवस्थापक संचालक समितिको बैठकले भदौ ९ गते नै इकाइधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने निर्णय भएको हुँदा सो मितिसम्म कायम इकाइधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।













