यी हुन् शुक्रबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
१० भाद्र २०७९, शुक्रबार १३:०९

काठमाडौं । शुक्रबार नेप्से परिसूचक १६.९३ अंकले घटेर २०२२ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सूृचक घटेसँगै कारोबार रकम पनि घट्न पुगेको छ ।
शेयरबजामा आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक हिमाल दोलखा हाइड्रोपावरको ६ करोड ६८ लाख माथिको कारोबार भएको छ ।
त्यस्तै, रिडी हाइड्रोपावरको ५ करोड ८७ लाख, अरुण काबेली पावरको ४ करोड ७४ लाख, राधी विद्युत कम्पनीको ४ करोड २८ लाख र एनटिसीको ३ करोड ९० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













