हिमाल दोलखा हाइड्रोपावरको स्थगित साधारण सभा भदौ १९ गते बस्ने, हकप्रद निष्काशन मुख्य प्रस्ताव

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेले स्थगित साधारण सभा पुनः आह्वान गरेको छ । कम्नपकिो भदौ १० गते बसेको संचालक समितिको बैठकले गणपुरक संख्या नपुगी स्थगित भएको १३औं र १४औं वार्षिक साधारण सभा यहि भदौ १९ गते बस्ने निर्णय गरेको हो ।
उक्त निर्णयअनुसार कम्पनकिो दुई आर्थिक वर्षको सभा अब भदौ १९ गते लिसारा बैंक्वेट हल, नक्साल, काठमाडौंमा बिहान ११ः३० मा बस्नेछ ।
कम्पनीको उक्त सभाबाट पारित गर्नेगरी १ः०.७५ अनुपातका दरले हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धी प्रस्ताव पूर्व स्वीकृतिको लागि विद्युत नियमन आयोगमा गत असार ८ गते निवेदन पेश गरेकोमा आयोगको बैठकले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभामा लैजान सहमति प्रदान गरेको हो ।
सो अनुसार कम्पनकिो भदौ १९ गते हुने सभाले १ः०.७५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।














