नेशनल हाइड्रोपावरको विशेष साधारण सभा स्थगित, हकप्रद पारित गर्न पुनः कहिले बस्दैछ ?

काठमाडौं । नेशनल हाइड्रोपावरको विशेष साधारण सभा स्थागित भएको छ । कम्पनीको गत साउन २३ गते बसेको संचालक समितिको बैठकले विशेष साधारण सभा भदौ १० गते बिहान ११ बजे डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट बालुवाटार, काठमाडौंमा बस्ने निर्णय गरेकोमा गणपुरक संख्या नपुगेको कारण स्थगित भएको थियो ।
सोपश्चात भदौ १० गते नै बसेको संचालक समितिको बैठकले स्थगित साधारण सभा भदौ १७ गते शुक्रबार डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट बालुवाटार, काठमाडौंमा दिउँसो ११ बजे बस्ने निर्णय गरेको छ ।
उक्त सभाले बोनस शेयर वितरण र सुनकोशी हाइड्रोपावर कम्पनी प्राप्तिपश्चता कायम हुन आउने चुक्तापुँजीको ५० प्रतिशत अर्थात (१ः५) को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै कम्पनीको १०० रुपैयाँ प्रतिकित्ताको २२ हजार ४७० कित्ता साधारण शेयर वापत जम्मा ७ लाख २५ हजार को आंशिक भुक्तानी मात्र प्राप्त भएको देखिएकाले कम्पनीको हिसाबमा १५ लााख २२ हजार रुपैयाँ भुक्तानी प्राप्त नभएको देखिँदै आएको भुक्तानी प्रापत नभएको हिसाबको मिलान गर्नको लागि उक्त २२ हजार ४७० कित्ता शेयरलाई व्यवस्थापन गर्नुपर्ने देखिएकाले उक्त शेयर व्यवस्थापन गर्नको लागि संचालक समितिलाई अख्तियारी समेत प्रदान गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ भदौ २ गते नै बुकक्लोज गरेको थियो । यसर्थ भदौ १ गतेसम्म कायम शेयरधनीहरु मात्रै उक्त सभामा उपस्थित हुन पाउनेछन् ।














