शेयर बजार ओरालो लाग्दा १३ कम्पनीका लगानकिर्ताले कति कमाए ?
१२ भाद्र २०७९, आईतवार १५:०५

काठमाडौं । आज नेप्से ओरालो लाग्दा १३ कम्पनीको शेयर उकालो लागेको छ। बाँकि कम्पनीको शेयर मूल्य भने घटेको छ। साताको पहिलो कारोबारको दिन नेप्से ३३।३६ अंकले घट्दा १९८९।२६ को विन्दुमा कायम भएको छ।आज राद्यी जलविधुत्का लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।कम्पनीको शेयर मूलय ५ प्रतिशतले बढेको छ ।
त्यस्तै, एनएमबि हाईब्रिड फण्ड १, एनआईबिएल प्रगति फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड २, नबिल बैंकको डिभेञ्चर ८२, प्राईम बैंकको डिभेञ्चर ८५, प्रभु बैंकको डिभेञ्चर ८५, आदर्श लघुवित्त, सिटिजन म्युचुअल फण्ड १ र मौलुङ खोलोको शेयरमा सुधार देखिएको छ ।














