अरुण काबेली पावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप कम्पनी

१२ भाद्र २०७९, आईतवार १५:०६

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उच्च गिरावट आएको । गत साताको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द भएको नेप्से परिसूचक आज ३३.३६ अंकले घटेर १९८९ विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा उच्च गिरावट आएपनि आज २ अर्बमाथिको कारोबार हुन पुगेको छ । सो रकम बराबरको कारोबार हुँदा आज सबैभन्दा बढी अरुण काबेली पावरको १० करोड ३३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

कम्पनीले आज १०० प्रतिशत हकप्रद जारी गर्न विद्युत नियमन आयोगबाट अनुमति पाएसँगै लगानीकर्ताहरु हकप्रद शेयर पाउन कम्पनीको शेयर किन्न होम्मिएका हुन् ।

साथै शिवम् सिमेन्ट्सको ७ करोड १५ लाख, अपि पावरको ६ करोड २२ लाख, हिमालयन डिस्टिलरीको ६ करोड २० लाख र रिडी हाइड्रोपावरको ५ करोड ९४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*