१९८९ विन्दुमा झर्यो नेप्से, फाइनान्स र हाइड्रोपावर सूचक सर्वाधिक घट्यो

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा भारि गिरावट आएको । गत साताको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द भएको नेप्से परिसूचक आज ३३.३६ अंकले घटेर १९८९ विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २२४ कम्पनीको ६१ लाखब ४८ हजार ३४१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५ करो्ड ९७ लाख रुपैयाँमाथिको कारोबार हुन पुगेको छ ।
नेप्से सूचक घटेसँगै कारोबार रकम पनि घट्न पुगेको छ । पछिल्ला केही दिनयता शेयरबजारमा कारोबार २।३ अर्बमा सीमित हुन पुगेको छ । गत आर्थिक वर्षको भदौ महिनामा २० अर्बमाथिको कारोबार भएकोमा पछिल्ला ६।७ महिनायता कारोबार रकम घट्दै गइरहेको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड समूह बाहेक सबै सूचक राताम्य रहेका छन् । सर्वाधिक आज हाइड्रोपावर सूचक र फाइनान्स सूचक ३ प्रतिशत भन्दा माथिले खस्किन पुगेको छ ।













