शेयरबजारमा सामान्य सुधार आउँदा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

१३ भाद्र २०७९, सोमबार १५:०४

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । अघिल्लो दिन उच्च अंकले घट्न पुगेको नेप्से सूचक आज ३.७६ अंकले बढेर १९९३ को विन्दुमा उक्लिएको छ ।

नेप्सेमा सामान्य सुधार देखिएपनि कारोबार रकममा भने खासै सुधार देखिएको छैन । अघिल्लो दिन नेप्से घट्दा दुई अर्बको कारोबार भएकोमा आज शेयरबजार बढेपनि जम्मा एक अर्ब २६ करोडमाथिको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक सर्वाधिक नेपाल टेलिकमको ११ करोड माथिको कारोबार भएको छ । त्यस्तै, अरुण काबेली पावरको ५ करोड, हिमालयन डिस्टिलरीको ४ करोड २ लाख, शिवम् सिमेन्ट्सको ३ करोड ५८ लाख र रिडी हाइड्रोपावरको ३ करोड ५४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*