सिद्धार्थ बैंकको ३ दिन बैंकिङ्ग सेवा बन्द रहने, यस्तो छ कारण

१६ भाद्र २०७९, बिहीबार १०:५८

काठमाडौं । सिद्धार्थ बैैंक लिमिटेडका बैकिङ्ग सेवा तथा कारोबार बन्द हुने भएको छ । बैंकले हाल प्रयोग गरिरहेको कोर बैकिङ्ग सिस्टमलाई परिवर्तन गरी थप सुविधा सहितको फिनाकल कोर बैकिङ्ग सिस्टम प्रयोगमा ल्याउने क्रममा भदौ १७ गतेदेखि भदौ १९ गतेसम्म बैकिङ्ग सेवाहरु बन्द हुने जनाएको हो ।

बैंकका अनुसार भदौ १७ गते शुक्रबार सन्ध्याकालिन काउन्टरहरु, भदौ १८ गते शनिबार बिदा काउन्टरहरु, भदौ १९ गते आइतबार सम्पूर्ण बैकिङ्ग कारोबारहरु र भदौ १७ गते शुक्रबार बेलुका ६ बजेपश्चात इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग सेवाहरु, एटिएम कार्ड, रेमिट्यान्टस लगायतका सम्पूर्ण बैकिङ्ग सेवाहरु बन्द रहनेछन् ।

कोर बैकिङ्ग सिस्टम परिर्वतनपश्चात ग्राहकहरुले हाल कायम रहेको खाता नम्बरबाटै साविक बमोजिम कारोबार गर्न सकिने बैंकले जनाएको छ । उक्त दिनहरुमा गर्नुपर्ने अत्यावश्यक बैकिङ्ग कारोबार उल्लेखित मिति अगावै गर्न ग्राककलाई बैंकले आग्रह समेत गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*