बैंकहरुमा एकैदिन ३ अर्ब रुपैयाँ निक्षेप बाहिरियो, सीडी रेसियो कति ?

काठमाडौं । बैंकहरुको निक्षेप एकैदिनमा ३ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको भदौ १३ र १४ गतेको विवरणअनुसार बैंकहरुबाट एकैदिन ३ अर्ब निक्षेप बाहिरिएको हो ।
भदौ १३ गतेसम्म ५० खर्ब ३४ अर्ब रुपैयाँ रहेको बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप भदौ १४ गतेसम्म ३ अर्ब रुपैयाँले घटेर ५० खर्ब ३१ अर्ब रुपैयाँ कायम रहेको छ । जसमध्ये वाणिज्य बैंकहरुको मात्रै ४४ खर्ब ३४ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो दिन ४४ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकहरुबाट एकैदिन ३ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको हो ।
त्यस्तै, निक्षेप घटेसँगै निक्षेप–कर्जा अनुपात (सीडी रेसियो) समेत बढेको छ । भदौ १३ गतेसम्म ८८.२७ प्रीतशत रहेको बैंकहरुको सीडी रेसियो बडेर ८८.३२ प्रतिशत पुगेको छ ।
साथै सोही अवधिसम्म वाणिज्य बैंकहरुको कुल ऋण प्रवाह ४१ खर्ब ७६ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो दिन बैंकहरुले कुल ४१ खर्ब ७७ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका थिए ।














