राष्ट्र बैंकले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
१७ भाद्र २०७९, शुक्रबार ०९:१३

काठमाडौं । नेपाल राष्ट्र बैंकले रोजगारको अवसर खुलाएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै खुला प्रतियोगिताद्धारा विभिन्न पदका लागि विज्ञापन खुलाएको हो ।
राष्ट्र बैंकले सहायक निर्देशक (प्रशासन सेवा) १८ जना, सहायक निर्देशक (प्राविधिक सु.प्र.) एकजना र सहायक (प्रशासन सेवा)का लागि २४ जना गरी कुल ४३ जनाका लागि विज्ञापन खुलाएको हो ।
उक्त पदहरुको लागि केन्द्रीय बैंकले मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।
इच्छुक योग्यता पुगेका व्यक्तिले राष्ट्र बैंकले उपलब्ध गराएको वेबसाइटमार्फत दरखास्त दिन सक्नेछन् ।














