झिनो अंकले घटेको शेयरबजारमा १८ लाख कित्ता मात्रै शेयर खरिदबिक्री
१७ भाद्र २०७९, शुक्रबार १३:१२

्काठमाडौं । शुक्रबार नेप्से परिसूचक १.६७ अंकले घटेर १९७५ विन्दुमा पुगको छ । नेप्से सूचकमा गिरावट आएसँगै कारोबार रकम समेत घटेर ६९ करोड ८८ लाख रुपैयाँको मात्रै कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत २१९ कम्पनीको १८ लाख १ हजार २७३ कित्ता मात्रै शेयर किनबेच हुँदा ६९ करोडमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज हाइड्रोपावर, माइक्रोफाइनान्स र अन्य समूहमा हरियाली छाएको छ भने अन्य सूचक राताम्य छन् । सर्वाधिक उत्पादन तथा प्रशोधन समूहको ०.४७ प्रतिशतले घटेको छ ।












