छिमेक लघुवित्तको स्वतन्त्र संचालकमा सुशिला श्रेष्ठ नियुक्त
१९ भाद्र २०७९, आईतवार १४:०८

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा सुशिला श्रेष्ठ नियुक्त भएकी छिन् । लघुवित्तको भदौ १६ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र संचालक समितिमा चयन गरेको हो ।
संचालक समितिको बैठकले कोटदरबार–५ तनहुँ हाल झम्सिखेल ३ ललितपुरमा बस्ने श्रेष्ठलाई भदौ १७ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्ष कार्यकालका लागि स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।













