रुरु जलविधुतको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
१९ भाद्र २०७९, आईतवार १५:०५

साताको पहिलो कारोबारको दिन नेप्सेमा सामान्य सुधार देखिएको छ। आज नेप्सेमा झिनो अंकको सुधार आँउदा रुरु जलविधुत् कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।
हिमालयन एभरेष्टको एकिकृत कारोबारपछि आज सुधार देखिएको छ । कम्पनीको शेयर मूल्य ८ दशमलव ४२ प्रतिशतले बढेको छ ।
त्यस्तै, जोशी हाईड्रोपावर, युनाईटेड इन्स्योरेन्स, रिदि पावर, श्वेत गंगा, उन्नती सहकार्य, मिर्मिरे माईक्रोफाइनान्स, अपर हावाखोला, नारायणी डेभलपमेन्ट बैंक, पु्रडेन्सियल इन्स्योरेन्स र विशाल बजारका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।













