नयाँ स्टक एक्सचेन्जबारे लगानीकर्ताहरु सशंकित, ‘प्राईभेट कम्पनी र स्वार्थ बाझिने गरी नयाँ स्टक एक्सचेन्ज अस्वीकार्य’

२३ भाद्र २०७९, बिहीबार ०७:४९

काठमाडौं । नेपाल धितोपत्र बोर्डले माफियासँगको सेटिङमा अघि बढाएको दोस्रो स्टक एक्सचेन्ज कम्पनी खोल्ने निर्णयबारे लगानीककर्ताहरु शसंकित बन्न पुगेका छन् । खुला बजार, सुधारिएको स्टक मार्केटको प्रतिक्षामा रहेका लगानीकर्ताहरु धितोपत्र बोर्डले अनैतिक तरिकाले व्यक्तिगत नीजि कम्पनीलाई लाइसेन्स दिने तयारी गरेपछि शसंकित बन्न पुगेका हुन् ।

धितोपत्र बोर्डले गत साता नियम संशोधन गरी हाल पब्लिक लिमिटेड कम्पनीले मात्रै स्टक एक्चसेन्ज सञ्चालन गर्न सक्ने भन्ने व्यवस्था हटाई व्यक्तिगत वा नीजि लगानीको प्रा.लिले समेत स्टक एक्सचेन्ज सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ । लगानीकर्ताहरु यही व्यवस्थाको कारण धितोपत्र बोर्डसँग सशंकित बन्न पुगेका छन् । हाल नेप्सेमा सरकारी लगानीको मात्रामा धेरै भएका कारण सुधार गर्न नसकिएकोे अवस्थामा पुनः प्रा.लि कम्पनीको नाममा नयाँ स्टक एक्सचेन्ज कम्पनी दर्ता भएमा शेयर बजारको सुधार नभई झनै लथालिङ्ग हुने भन्दै लगानीकर्ताहरु चिन्तित बन्न पुगेका छन् ।

लगानीकर्ताहरुको हितमा आफ्नो प्राण दाउमा लगाएर आमरण अनसन बसेका पत्रकार तिलक कोइराला भन्छन्, ‘नीजि कम्पनीलाई स्टक एक्सचेन्ज चलाउन दिने र स्वार्थ बाझिने गरी लाइसेन्स दिने कुरा कुनै पनि अवस्थामामा स्वीकार्य हुँदैन ।’

लगानीकर्ताको हितमा लड्दै आएका पत्रकार कोइराला भन्दछन्, ‘हाम्रो माग पुँजि बजारको सुधार हो, त्यो सुधार नेप्सेलाई सुधारेर पनि गर्न सकिन्छ, नेप्सेलाई सुधार नगर्ने भए नयाँ स्टक एक्सचेन्ज कम्पनी खोले पनि हुनसक्छ । नेप्सेमा सुधार हुन नसकेको देखेर नयाँ कम्पनी ल्याए पनि हुन्छ भनेका हौं ।’ अभियान्ता कोइरालाले नेप्सेलाई सुधार गरी लगानीकर्तामैत्री बनाउन सकेमा नयाँ कम्पनी आवश्यक नरहेको बताउँछन् । नेप्सेबाट पीडित भएका लगानीकर्ताहरुलाई नयाँ कम्पनी खोल्ने आश देखाएर अर्बौको घुस सेटिङ र प्राइभेट कम्पनीलाई लाइसेन्स दिने कार्य कुनै पनि हालतमा अस्वीकार्य रहेको लगानीकर्ताहरुको भनाई छ । हाल नेप्सेको पुँजि बृद्धि गरी सरकारी लगानी घटाएर सुधार गर्न सकिने वा विवेशी साझेदार संस्था भित्राएर सुधार गर्न सकिने औल्याएका छन् ।

सरकारले माफियासँगको सेटिङमा नयाँ स्टक एक्सचेन्ज कम्पनी दर्ता गर्ने प्रक्रिया अघि बढाएपछि लगानीकर्ताहरु नयाँ स्टक एक्सचेन्ज आउने र शेयर बजार फस्टाउने र विकास हुने भन्दै आशावादी भएका थिए । तर, सरकारले माफियासँगको सेटिङमा शेयर बजार नै धरासायी बनाउन उद्यत भएपछि लगानीकर्ताहरु पुनः सशंकित बन्न पुगेका हुन् ।

धितोपत्र बोर्डले यसअघि थर्मल गन तस्करीमा रंगेहात पक्राउ परेका सुलभ अग्रवाल र भ्रष्टाचारी दीपक भट्टसँगको सेटिङमा नयाँ स्टक एक्सचेन्ज कम्पनी दर्ता गर्ने प्रक्रिया अघि बढाएको छ । नयाँ व्यवस्था अनुसार सेबोन नयाँ स्टक एक्सचेन्ज कम्पनी दर्ताको लागि सूचना आह्वान गर्ने अन्तिम तयारीमा पुगेको छ । यसअघि यस्तै सेटिङमा हिमालयन रि इन्स्योरेन्स कम्पनीको लाइसेन्स लिएको अग्रवाल भट्ट समुहलाई नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन धितोपत्र बोर्डका अध्यक्ष हमाल तीव्र गतिमा लागेका छन् ।

तीन अर्ब चुक्ता पुँजिका लागि थप तीन अर्बभन्दा बढि घुस रकम सेटिङ गरी नयाँ स्टक एक्सचेन्ज कम्पनी दर्र्ता गर्न लागेको विषयमा संसदमा समेत कुरा उठिसकेको छ । गत मंगलबारको प्रतिनिधिसभाको बैठकमा सांसद कृष्ण प्रसाद दाहालले सरकारले अर्बौ रुपैयाँ घुस सेटिङमा नयाँ स्टक एक्सचेन्ज कम्पनी दर्ता गर्न लागेको भन्दै सरकारको जवाफ मागेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*