निफ्रा र एचआइडीसीएलबीच मर्जर हुन नसकेको भन्दै अर्थमन्त्री शर्माले सार्वजनिक कार्यक्रममै पोखे आक्रोश

२५ भाद्र २०७९, शनिबार २०:०१

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालले नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड(निफ्रा) र हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(एचआइडीसीएल)बीचको मर्जर बारे चासो देखाएका छन्।
उनले निफ्रा र एचआईडीसीएलले मर्ज जाने प्रक्रिया सुरु नगरेको विषयमा आक्रोश व्यक्त गरेका छन् । मन्त्री शर्माले सीईओ एउटै हुने हुँदा मर्जमा नमानेको हो वा अन्य बिषयमा कारण जान नमानेको भन्दै यी दुई कम्पनीबीचको मर्जरलाई बिशेष चासोकोा साथ हेरेको देखिन्छ ।

केही समय अगाडि दुई उस्तै प्रकृतिका संस्थालाई मर्जरमा जान प्रोत्साहन गर्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको थियो। बैंकले पूर्वाधारमा लगानी गर्न स्थापित नेपाल पूर्वाधार विकास बैंकको लगानी क्षमता विकास गराउन मर्ज वा प्राप्तिको नीति लिने गरेको थियो। राष्ट्र बैंकले सोही नीतिअनुसार चुक्ता पुँजी वृद्धि गर्न प्रोत्साहन गर्ने नीति लिने नीतिमा उल्लेख गरिएको थियो।

मौद्रिक नीतिअनुसार अब नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)बीच मर्जर गराउनेगरी अनौपचारिक छलफलहरु समते सुरु गरेका थिए। तर मर्ज प्रक्रियामा कु्नै सहमति हुन सकेको थिएन।यसैबीच अर्थमन्त्री शर्माले सार्वजनिक कार्यक्रममै आक्रोश पोखेका हुन्। मर्जरमा लैजान सकेमा नेपालमै ठूला पूर्वाधारमा लगानी गर्न सक्ने क्षमता भएको विकास विकास बैंक हुने अनुमान विज्ञहरुले गरेका छन्। लाइसेन्स फरकतर्फको भएपनि उद्देश्य पूर्वाधारमा लगानी रहेकोले पनि यी दुई कम्पनीहरु मर्जरमा जान सक्ने अनुमान गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*