आरम्भ चौतारी लघुवित्तको कामु सिइओको जिम्मेवारी शिव प्रसाद ज्ञवालीलाई

२६ भाद्र २०७९, आईतवार १२:४८

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (का.मु. सिइओ)को जिम्मेवारी शिव प्रसाद ज्ञवालीले पाएका छन् ।

यसअघि सिइओमा रहेका लक्ष्मी प्रसाद शर्माले सो पदबाट राजिनामा दिएकोमा कम्पनीको भदौ २५ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।

सोपश्चात् रिक्त हुन पुगेको उक्त पदमा संस्थाका नायब कार्यकारी अधिकृत ज्ञवालीलाई कामु सिइओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*