राष्ट्रिय बीमा कम्पनीद्वारा मुद्धती निक्षेपका लागि बोलपत्र आह्वान

२२ बैशाख २०७८, बुधबार १४:२९

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्न बैंकहरुलाई बोलपत्र प्रस्ताव आह्वान गरेको छ ।

कम्पनीले वाणिज्य बैंक विकास बैंक, वित्त कम्पनीहरुहरुलाई मुद्धती निक्षेपमा लगानी गर्न प्रस्ताव गरेको हो । कम्पनीले वुधवार सार्वजनिक सूचनामार्फत नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त इच्छुक क, ख, ग वर्गका वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनीहरुलाई बैशाख २७ गतेसम्म गोप्य शिलबन्दी प्रस्ताव फारम बुझाउन आह्वान गरेको हो ।

साथै कम्पनीले इच्छुक बैंक र वित्त संस्थालाई आवश्यक विवरण पूर्ण रुपमा उल्लेख गरी हालै प्रकाशित वित्तीय विवरणको कपी समेत संलग्न गरि प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*