समृद्धि फाइनान्सको नयाँ शाखा बनेपामा सञ्चालन

२७ भाद्र २०७९, सोमबार १३:१०

काठमाण्डौ । समृद्धि फाइनान्सले आफ्नो सातौँ शाखाका रुपमा बनेपा शाखा बनेपामा सञ्चालनमा ल्याएको छ । आज एक कार्यक्रमको माझ उक्त शाखाको उद्घाटन गरेर सञ्चालनमा ल्याएको हो ।

प्रमुख अतिथि बनेपा नगरपालिकाकी मेयर शान्तिरत्न शाक्यबाट बनेपा शाखाका औपचारिक उद्घाटन गरिएको हो। कार्यक्रममा बनेपा उद्योग वाणिज्य संघका उपाध्यक्ष कैलाश पलान्चोके, बनेपा–८ की वडाध्यक्ष शुभलक्ष्मी मानन्धरलगायतका व्यक्तित्वको उपस्थिति थियो।

कार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष ठाकुरप्रसाद भट्टराईले गरेका थिए। कम्पनीका प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तीय कारोबारसम्बन्धी जानकारी गराएका थिए।

चाँडै आठौँ शाखाका रुपमा जनकपुर शाखाको पनि उद्घाटन गरिने जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत सुरजकुमार सर्राफले बताए।

समृद्धि फाइनान्सले मुद्दति निक्षेपको योजनाअन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ। यसका साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँचगुणा र २० वर्षमा पैसा आठगुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*