साधना लघुवित्तले खुलायो रोजगारको अवसर, एसएलसी पासलाई समेत अवसर

२८ भाद्र २०७९, मंगलवार ११:१९

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।

लघुवित्तले आन्तरिक लेखापरिक्षण विभाग अन्तरर्गत वरिष्ट अधिकृत,अधिकृत,सहायक अधिकृत र अनुगमन तथा सुपरिबेक्षण विभाग तर्फ अधिकृत र सहायक अधिकृत पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । त्यस्तै, सुपरवाइजर, वरिष्ट सहायक, सहायक, कनिष्ट सहायक र प्रशिक्षार्थि तर्फ व्यवस्थापन प्रशिक्षार्थि र सहायक प्रशिक्षार्थि पदमा केहि संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदहरुका लागि शैक्षिक योग्यता एसएलसी तह पास देखि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने सम्म हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले संस्थाको वेवसाईट   www.sadhanalaghubitta.com    मार्फत दरखास्त दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*