राष्ट्रिय वाणिज्य बैंकले माग्यो करार सेवाका लागि कर्मचारी, शैक्षिक योग्यता कति ?
२८ भाद्र २०७९, मंगलवार १२:१४
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले करा् सेवाको लागि कर्मचारी माग गरेको छ । बैंकले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।
बैंकले बिशेषज्ञ (चार्टर्ड एकाउन्टेन्ट) पदका लागि ११ जना कर्मचारी माग गरेको छ । उक्त सेवाको समय १ बर्ष रहने संस्थाले जनाएको हो । सो पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको हुनुपर्ने छ ।
योग्यता पुगेका इच्छुक उम्मेदवारले बैंकको वेवसाईट https://www.rbb.com.np/ मार्फत आवेदन दिन सक्नेछन् ।














