आशा लघुवित्तले संस्थापक शेयर असोज ४ गतेबाट बिक्री गर्ने, ३९५ रुपैयाँमा जोकोहिले आवेदन दिन पाउने

२९ भाद्र २०७९, बुधबार १०:४५

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज ४ गतेदेखि संस्थापक तर्फको ३ लाख कित्ता शेयर विक्री गर्ने भएको छ । कम्पनीले योग्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी असोज १२ गतेसम्म यो शेयर विक्री गर्न लागेको हो । यो शेयरको न्यूनतम मूल्य  ३९५ रुपैयाँ तोकेको छ ।

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र असोज १३ गते विहान ११ बजे खोलिने कार्यक्रम तय भइसकेको छ । यो शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*