नेपाल राष्ट्र बैंकद्धारा एकीकृत परिपत्र २०७८ संशोधन, ई–भिसाको शुल्क डिजिटल कार्डमार्फत सटही हुने

३० भाद्र २०७९, बिहीबार ११:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ मा संशोधन गरेको छ । केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७८ मा संलग्न संशोधन थप गरिएको हो ।

संशोधन गरिएको उक्त परिपत्रअनुसार अब इ–भिसा प्रणालीमार्फत भिसा आवेदन लिने व्यवस्था गरेका मुलुकले सो कार्य गर्न नेपालस्थित अन्य संस्थालाई तोकेमा भिसा शुल्कबापत संकलित रकम डिजिटल कार्डमाफर्त भुक्तानी हुने गरी सिधै विदेशी मुलुकका सरकारी निकायको तोकिएको परिवत्र्य विदेशी मुद्राको खाता वा सम्बन्धित देशको नेपालस्थित दुतावासको तोकिएको विदेशी मुद्राको खातामा जम्मा गर्न सकिनेछ ।

साथै यस्तो कार्डबाट अन्य कुनै पनि प्रयोजनका लागि भुक्तानी नहुने व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकको संशोधित निर्देशमा उल्लेख छ । साथै विद्युतीय कार्डको म्याद इ–भिसा प्रोसेसिङ सम्बन्धी कार्य गर्नको लागि तोएिको अवधिभन्दा बढी नहुने व्यवस्था गर्नुपर्नेछ ।

यस्तो कार्डबाट एकैपटक वा पटक पटक गरी भुक्तानी हुन सक्नेछ र यस एकीकृत परिपत्र–२०७८ मा अन्यत्र उल्लिखित कुनै पनि रकम भुक्तानीसम्बन्धी सीमा लागू नहुने संशोधन गरिएको परिपत्रमा उल्लेख छ ।

सार्थ वैदेशिक रोजगारीमा जाने नेपालीहरुको ई–भिसा प्रोसेसिङको भिसा शुल्क भुक्तानी गर्दा नेपाल सरकार र सम्बन्धित देशबीच भएको सम्झौतामा उल्लिखित भिसासम्बन्धी सम्पूर्ण व्यवस्थाहरुको पालना गर्नुपर्नेछ ।

 

राष्ट्र बैंकद्धारा संशोधित एकीकृत परिपत्र–२०७८

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*