कामना सेवा बैंकद्वारा राष्ट्रिय बाल दिवसमा बाल आश्रम तथा सामुदायिक विद्यालयहरुलाई विभिन्न सामग्री प्रदान

३० भाद्र २०७९, बिहीबार ११:३०

काठमाण्डौं । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना विभिन्न कार्य क्षेत्रवरिपरि रहेका विभिन्न बाल आश्रम तथा सामुदायिक विद्यालयमा ‘स्प्रिडिङ स्माइल्स’ भन्ने नाराका साथ आवश्यक सामग्री प्रदान गरी राष्ट्रिय बाल दिवस मनाएको छ।

बैंकले प्रदेश १ क्षेत्रबाट, हाम्रो बाल आश्रम दमक, मधेश प्रदेश क्षेत्रबाट अनाथालय सानोघर र सर्लाही चिल्ड्रेन सेन्टर, काठमाण्डौ क्षेत्रबाट श्री नन्दी माध्यमिक विद्यालय, पोखरा क्षेत्रबाट रेन्बो चिल्ड्रेन होम र जलजला बाल आश्रम, बुटवल क्षेत्रबाट मणिग्राम श्री नमुना माध्यमिक विद्यालय, श्री सत्य साई विद्या पिठ, श्री राजेश्वरी आधारभूत विद्यालय, श्री तनहुँ माध्यामिक विद्यालय, शुभान्सी आधारभूत कन्या विद्यालय, श्री प्राथमिक विद्यालय, सुस्ता जनता आधारभूत विद्यालय, श्री बिन्द्याबासिनी मिसुजु आधारभूत विद्यालय र बुटवल माध्यामिक विद्यालय, नारायणघाट क्षेत्रबाट साहारा घर र राइज अप अर्फन चिल्ड्रेन होम, पश्चिम क्षेत्रबाट श्री सरस्वती प्राथमिक विद्यालय र केन्द्रीय कार्यालयबाट ब्लाइन्ड चिल्ड्रेन एजुकेसन सेन्टरमा आवश्यक खाद्य र पाठ्य सामग्री प्रदान गरी राष्ट्रिय बाल दिवस मनाएको छ।

यस प्रकारका सहयोगका साथै कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्वका क्रियाकलापहरुलाई प्राथमिकतामा राखी आगामी दिनमा समेत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*