राष्ट्र बैंकको निर्देशनभित्र रहेर वाणिज्य बैंकहरुले आफु अनुकुल ब्याजदरबारे निर्णय गर्न पाउने सहमती
३० भाद्र २०७९, बिहीबार ११:४३

काठमाडौं । वाणिज्य बैंकहरुबीच राष्ट्र बैंकको निर्देशनभित्र रहेर बैंकहरुले आफु अनुकुल ब्याजदरबारे निर्णय भएको छ। उक्त निर्णयअनुसार आगामी दिनमा वाणिज्य बैंकहरुले राष्ट्र बैंकको निर्देशनभित्र रहेर आफु अनुकुल ब्याजदर लिन पाउने भएका छन्।
नेपाल बैंकर्स संघको आज बिहान बसेकोे कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो। बजारको हालको अवस्थालाई हेरेर ब्याजदरबारे अहिलेसम्म कायम सहमति लाई हटाइएको एक प्रतिनिधिले जनाएको छ ।ब्याजदरमा कायम सहमति हटाएसँगै तत्काललाई निक्षेपको ब्याज बढ्न सक्ने देखिन्छ नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले आगामी महिनादेखि लागू हुनेगरि यो महिना ब्याजको दर सार्वजनिक गर्दा यस अगाडीको महिनाको भन्दा बढीमा १० प्रतिशतले ब्याज बढाउँन पाउनेछन।













