ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्ताहरुले यो दशैंमा क्यासब्याक पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्ताहरुले यो दशैंमा क्यासब्याक पाउने भएका छन् ।बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्ताहरुले यो दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् ।बैंकले ल्याएको स्मार्ट च्वाइस टेक्नोलोजिज् (एससीटी) सँगको सहकार्यमा यसपालीको दशैंका लागि एससीटी डेबिट कार्ड भएका ग्राहक लक्षित एससीटी तथा यूपीआई कार्डको दमदार दशैं धमाका थ्री–डि अफर अन्तर्गत ग्राहकहरुले क्यासब्याक पाउन सक्ने छन् ।
यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर हो जहाँ कुनै पनि प्वाइन्ट अफ सेल (पस) टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने एससीटी डेबिट कार्ड होल्डर ग्राहकहरूले ३३.३३ प्रतिशत अर्थात १ हजार रुपैयाँ (अधिकतम) सम्म क्यासब्याक पाउने छन् ।
यस योजनापश्चात एससीटी कार्ड होल्डर ग्राहकहरूलाई एससीटी कार्ड मार्फत गरिने ग्राहकहरूको विश्वास बढाउन सकिने बैंकले जनाएको छ ।













