सिटिजन लाइफद्वारा मृत्यु दाबी रकम भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाल्पा शाखाले सिटिजन बाल भविष्य योजना अन्तर्गत मृत्यु दाबी भुक्त्तानी वापत २ लाख ५० हजार रुपैंया रकम हस्तान्तरण गरेको छ ।
इन्स्योरेन्सले बार्षिक १८ हजार ३ सय ६८ रुपैया बुझाउने गरि सिनियर एजेन्सी रिता पाण्डेय मार्फत छोरा युवराज नेपालीको २ लाख बिमाङ्क रकमको बाल भबिष्य बीमा गराइदिएका प्रस्तावक मिन बहादुर खाम्चा नेपालीको मृत्यु भए पछि तानसेन ८ स्थित घरमा पुगि एक कार्यक्रमका बिच उक्त दाबी रकम स्वर्गीय खाम्चाकी धर्मपत्नी कमला खाम्चा नेपालीलाई बिमाङ्क रकम २ लाख र काजक्रीया खर्च रकम ५० हजार गरि जम्मा रु २ लाख ५० हजार रकम हस्तान्तरण गरेको हो।
सिटिजन लाइफ इन्स्योरेन्सको उक्त बाल भबिष्य योजना अन्तर्गत प्रस्तावकको मृत्यु भैसकेको हुदा आगामी बर्षको सम्पूर्ण बीमा शुल्क रकम कम्पनीले नै बुझाईदिने र बच्चाको शिक्षादिक्षा तथा लालनपालनको लागि बिमाङ्क रकमको २ प्रतिशतले हुन जाने रकम रु ४ हजार रुपैया मासिक रुपमा बिमित बच्चालाई २० बर्ष सम्म उपलब्ध गराउने र बिमा समाप्तीमा बिमाङ्क रकम तथा बोनस रकम अन्त्यमा प्रदान गरिने शाखा प्रबन्धक विजय कार्कीले बताए ।

दाबिकर्ता कमला खाम्चा नेपालीले बिना झन्झट सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबाट प्राप्त रकमले आर्थीक सहयोग र हौसला प्राप्त भएको बताउँदै प्राप्त रकम बाल बच्चाको पढाई लेखाइ मा खर्च गर्ने बताउदै सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गर्दै उपस्थित सबैलाई समयमा नै बीमा गर्ने सल्लाहसमेत दिइन। कार्यक्रममा बोल्दै वडा अध्यक्ष सोमनाथ अर्याल ले बचत संगसंगै आर्थिक जोखिमको सुरक्षाको लागि जीवन बीमा अपरिहार्य रहेकोले आफ्नो क्षमता अनुसारको बिमा गर्नु पर्ने बताए।
कार्यक्रममा पाल्पा शाखाका सिनियर एजेन्सी म्यानेजर बिनोद कुमार नेपाली, सिनियर एजेन्सी म्यानेजर रिता पाण्डेय, वडा सदस्य डिल बहादुर थापा र एजेन्सी दिपक बि लगायत अन्य एजेन्सीहरुको उपस्थिती रहेको थियो ।












