आइएमई जनरल इन्स्योरेन्सको खुद बीमाशुल्क र मुनाफा दुबैमा उत्साहजनक प्रगति

२७ बैशाख २०७८, सोमबार १३:३२

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १८ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक बर्षकोा सोहि अवधिमा कम्पनीले १० करोड ७३ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।गत आर्थिक बर्षको तुलनामा कम्पनकिो खुद नाफा ७६ प्रतिशतले बढेको छ ।

तेस्रो त्रैमासको अवधिसम्ममा कमपनीको खुद बीमाशुल्क पनि ४३ प्रतिशतले बढेर ५१ करोड ८२ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३६ करोड २७ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो ।तेस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन र मुनाफा दुबैमा उत्साहजनक प्रगती भएको कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणले देखाएको छ ।

समिक्षा अवधिमा कम्पनीले १ लाख ६ हजार २७१ वटा बीमालेख जारी गरी १ अर्ब १४ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।यस अवधिमा कम्पनीले ३ हजार ८६७ वटा कुल दाबी बापत ६० करोड २८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५ हजार १७८ वटा दाबी बापत ६३ करोड ११ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

त्यस्तै, कम्पनीले पुनर्बीमा कमिशन वापत १३ करोड ६५ लाख रुपैयाँ र व्यवस्थापन खर्च वापत १३ करोड ८२ लाख रुपैयाँ रकम खर्च गरेको छ।एक अर्ब ८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३० करोड २६ लाख रुपैयाँ र बीमा कोषमा ४५ करोड ३२ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) २३ रुपैयाँ २४ पैसार प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ८७ पैसा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*