जन्मदिनमा रिलायन्स लाइफ इन्स्योरेन्सको बाल जीवन बीमा पोलीसी उपहार

१६ कार्तिक २०७९, बुधबार १३:४९

काठमाडौं । आम नागरिकमा बीमा प्रतिको आस्था दिन प्रतिदिन बढ्दै गइरहेको छ । बिशेष गरी जीवन बीमा क्षेत्रमा यो निरन्तर अभियान जस्तै भइरहेको छ । आफनो सन्तानको सुरक्षित भविष्यको लागि हरेक बुवा आमाले समयमा नै जीवन बिमा मार्फत सुरक्षित गर्ने क्रम जन्मदिनलाई पार्न थालिएको छ ।

सुरक्षित भविष्यको उपहार जीवन बीमा पोलिसि दिएर मस्र्याङ्गदी ३ लमजुङ्ग निवासी बेल बहादुर तामाङले उनका १ बर्षीय छोरा भिन तामाङको जन्मदिन मनाएका छन् ।
रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको बेसीशहर शाखाबाट बेल बहादुर तामाङ्गले आफनो १ बर्षीय छोरा अभिनव तामाङ्गको नाममा मेरो मुटु बाल जीवन बीमा योजना अन्र्तगत जारी भएको रु पन्ध्र लाख रुपैयाँ बरावर रकमको बीमा पोलिसी पहिलो जन्मदिनको अवसरमा उपहार स्वरुप प्रदान गरेको हो ।

रिलायन्स लाइफ इन्स्योरेन्स हरेक नेपालीहरु खुलेर जिउन चाहेको हेर्न चाहन्छ सोही बमोजिम नेपालभर प्रदेश नं. १ देखि ७ सम्म १२४ शाखा मार्फत आफनो सेवा प्रदान गरिरहेको छ भने प्रिमियम भुक्तानीलाई समेत प्रविधिमैत्री बनाई आफु बसेको स्थानबाटै भुक्तान िगर्न मिल्ने व्यवस्था समेत गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*