साहज उर्जाको खुद नाफा १० करोडमाथि, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको नाफा गत आवको तुलनामा घट्न पुगेको छ ।
चालु आवको असोज मसान्तसम्म कम्पनीले १० करोड १८ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको तुलनामा ५०.११% ले थोरै हो । गत वर्ष कम्पनीले २० करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यता, कम्पनीको सर्भिस कन्सेसन एग्रिमेन्ट अन्तर्गत हुने नाफा १ अर्ब २८ करोडबाट घटेर ६७ करोड ५५ लाख रुपैयाँमा झरेको छ । जसका कारण खुद नाफामा गिरावट देखिएको हो ।
कम्पनीले अहिलेसम्म विद्युत बिक्रीबाट भने कुनै आम्दानी गरेको छैन । यसको प्रशासनिक खर्च ८ लाख ५८ हजार रहेको छ । यस्तै, सञ्चालन नाफा २० करोड ४२ लाख रुपैयाँबाट घटेर १० करोड १८ लाख रुपैयाँ पुगेको छ । हाल साहसको चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँ र जगेडा कोषमा २ अर्ब १२ करोड रुपैयाँ छ ।
प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६५ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ७९ पैसा छ ।












