आजदेखि नेप्सेको नयाँ वेबसाइट पूर्ण रुपमा संचालनमा
२७ कार्तिक २०७९, आईतवार १०:४५

काठमाडौं । आजदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नयाँ वेबसाइट संचालनमा आएको छ। यसअघि नेप्सेले नयाँ र पुरानो गरी दुई वटा वेबसाईट संचालनमा ल्याएको थियो ।गत शुक्रबार नेप्सेले सूचना जारी गर्दै हाल संचालनमा रहेको वेबसाइट बन्द गर्ने जनाएको हो । नेप्सेले हाल सञ्चालनमा रहेको वेबसाईट लाई पुर्ण रुपमा बन्द गर्दै नयाँ वेबसाईट https://www.nepalstock.com.np/लाई पुर्ण रुपमा सूचारु गर्ने सूचनामार्फत जनाएको छ ।
‘हालसम्म परिक्षणका रुपमा संचालन गर्दै आएको नयाँ वेबसाईटलाई आजबाट पूर्ण रुपमा सञ्जालनमा ल्याउने र अब उपरान्त नेप्सेले कुनै पनि सूचनाहरु पुरानो साइटमा अबलोड नगर्ने नेप्सेले जनाएको छ ।












