रु रु जलविद्युत परियोजनाको नाफामा सुधार, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरणअनुसार कम्पनीको नाफा गत आवको तुलनामा सामान्य बढेको छ ।
चालु आवको तीन महिनासम्ममा कम्पनीले ३ करोड ३९ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको तुलनामा १.९४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीले ३ करोड ३३ लाख ३५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
असोज मसान्तसम्ममा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी भने २.९९% ले घटेर ५ करोड ४८ हजार रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यसले विद्युत् बिक्रीबाट ५ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको थियो । विद्युत् बिक्रीमा आएको कमिका कारण यसको नाफा पनि प्रभावित बनेको हो । साथै यसको वित्तीय खर्च पनि केही घटेको छ ।
कम्पनीको चुक्ता पुँजी ४४ करोड ८४ लाख ७६ हजार रुपैयाँ रहको छ । जगेडा कोषमा १७ करोड २० लाख रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ७३ पैसाबाट घटेर २२ रुपैयाँ ७३ पैसा कायम भएको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ३५ पैसा रहेको छ












