यी हुन् सोमबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

२८ कार्तिक २०७९, सोमबार १५:०४

्काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन झिनो अंकले घटेको नेप्से परिसूचक आज २१.२६ अंकले बढेर १९०४ को विन्दुमा कायम हुन पुगेको छ ।

आज शेयरबजारमा सुधार देखिएसँगै ९४ करोडमाथिको कारोबार भएको छ । आज सर्वाधिक शिवम् सिमेन्ट्सको १० करोडमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिस्टिलरीस्को ८ करोड ९९ लाख, ङादी ग्रुप पावरको ७करोड ८३ लाख, गोर्खाज फाइनान्सको २ करोड ५३ लाख र नेष्डो समृद्ध लघुवित्तको २ करोड ४७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*