प्रि ओपन सेसनमा सिक्लेस हाइड्रोपावरको पहिलो कारोबार कतिमा भयो ?

२९ कार्तिक २०७९, मंगलवार ११:०१

काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा सिक्लेस हाइड्रोपावर को पहिलो कारोबार भएको छ। कम्पनीको शेयर यस दिन प्रतिकित्ता ३५० रुपैयाँ ५० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर सोमबार नेप्सेमा सूचीकृत भएको थियो। सो दिन सिक्लेस हाइड्रोपावरको ८५ लाख कित्ता शेयर नप्सेमा सूचीकृत भएको थियो।

नेप्सेले सिक्लेस हाइड्रोपावरलाई न्युनतम ११६ रुपैयाँ ८६ पैसादेखि ३५० रुपैयाँ ५८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधार यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।

यस दिन कम्पनीको एसआईकेएलईएस संकेतमा कारोबार भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*