रिडी हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

३० कार्तिक २०७९, बुधबार १५:०५

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा दोहोरो अंकको सुधार देखिएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से सूचक आज १३.४० अंकले बढेर १९११ विन्दुमा कायम भएको छ ।

आज नेप्से बढेपनि कारोबार भने ८५ करोड रुपैयाँमा सीमित भएको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक रिडी हाइड्रोपावरको ६ करोड ३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ४ करोड १ लाख, नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ८१ लाख, शिवम् सिमेन्ट्सको ३ करोड ७८ लाख र जाल्पा समुदायिक लुघवित्तको २ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*