अजोड इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ६७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

३० कार्तिक २०७९, बुधबार १४:३४

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीको अधिकाश सूचकमा सकारात्मक सुधार देखिएको छ।

कम्पनीको खुद बीमाशुल्क १५ प्रतिशतले बढेर १ करोड २७ करोड लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएकोछ ।गत आर्थिक वर्षको १ करोड १० लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षमो १ करोड २७ करोड लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ६७ प्रतिशतले बढेको छ। यस त्रैमासको अवधिसम्ममा १७ करोड ३३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले १० करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजि १ अर्ब रुपैयाँ, जगेडा कोषमा १६ करोड ३१ रुपैयाँ, महाविपत्ति कोष १ करोड ५६ लाख रुपैयाँ रकम संचित रहेको छ।समिक्षा अवधिमा कम्पनीले ८ करोड ७० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*