शेयरबजारमा रौनकता, यी हुन् बिहिबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१ मंसिर २०७९, बिहीबार १५:०४

काठमाडौं । साता कारोबारको अन्तिम शेयरबजारमा रौनकता छाएको छ । नेप्से परिसूचक आज २५.५७ अंकले बढेर १९३६ विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से बढेसँगै आज कारोबार रकम समेत बढेको छ । आज १ अर्ब ७१ करोडमाथिको कारोबार हुँदा सर्वाधिक रिडी हाइड्रोपावरको १९ करोड ३९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको १३ करोड ४० लाख, हिमालयन डिष्टिलरीको १० करोड २९ लाख, फरवार्ड माइक्रोफाइनान्सको ७ करोड ९० लाख र हिमालयन पावर पार्टनरको ६ करोड १३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*