शेयरबजारमा दोहोरो अंकको सुधार, लगानीकर्तामा उत्साह थपिदा एक अर्बमाथिको कारोबार
१ मंसिर २०७९, बिहीबार १५:१२

काठमाडौं । साता कारोबारको अन्तिम शेयरबजारमा रौनकता छाएको छ । चुनाव नजिकिएसँगै आज नेप्से परिसूचक २५.५७ अंकले बढेर १९३६ विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २२३ कम्पनीको ४३ लाख ८४ हजार ४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । शेयरबजारमा दोहोरो अंकको सुधार देखिएसँगै आज कारोबार रकम समेत माथि उक्लिएको छ ।
आज शेयरबजारमा दुई हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक शेयरमूल्य गुमाउने कम्पनीमा फरवार्ड माइक्रोफाइनान्स रहेको छ । त्यस्तै, आज सर्वाधिक हाइड्रोपावर समूहको कुल ७ हजार ४६१ ट्रान्जेक्सन भएको छ ।












