आजदेखि शेयरबजार ४ दिनसम्म बन्द रहने
२ मंसिर २०७९, शुक्रबार ०६:००

काठमाडौं । नेपाल स्टक एक्सेञ्ज (नेप्से) आज (मंसिर २)गतेदेखि मंसिर ५ गतेसम्म ४ दिन बन्द रहनेछ । सरकारले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य चुनावका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
यसर्थ मंसिर २ गते शुक्रबार र मंसिर ३ गते शनिबार रहेको र ४ र ५ गते सार्वजनिक विदा भएसँगै शेयरबजार समेत बन्द रहनेछ । उक्त चारदिन लगानीकर्ताहरुले शेयरबजारमा कारोबार गर्न पाउने छैनन् ।
साथै निर्वाचनका लागि ४ र ५ गते सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक कार्यालय तथा बैंक वित्तीय संस्था र सम्पूर्ण बीमा कम्पनीहरु बन्द रहनेछन् ।












