पिपुल्स हाईड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदै, कतिको होला हात खालि ?

काठमाडौं । पिपुल्स हाईड्रोपावरकोआइपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीको बिक्रि प्रबन्धक सानिमा क्यापिटलले आज अपरान्ह् चार बजे कम्पनीको केन्द्रिय कार्यालयमा हुने जानकारी बीमापोष्टलाई दिएका छन् । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेको कारण कम्पनीले गोलाप्रथाबाट बाँडफाँड गर्न लागेको हो । कम्पनीको आइपीओमा ५ लाख १९ हजार आवेदकको लागि मात्रै आइपीओ पर्नेछ ।
कम्पनीको शेयरमा १२ लाख ६८ हजार २१७ जना आवेदकबाट एक अर्ब ४९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड ४९ लाख ९९ हजार २५० कित्ता शेयरको लागि आवेदन परेको छ ।यो सर्वसाधारणलाई निष्काशन गरेको ५१ लाख ५७ हजार ८८० कित्ताको २।९३ गुणा बढी हो ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार शेयर वितरण गर्दा कुल आवेदक मध्ये ४०।६६ प्रतिशत अर्थात ५ लाख १५ हजार ७८० जना आवेदकले मात्रै शेयर पाउनेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई र सर्वसाधारणलाई गरी ८० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३० करोड रुपैयाँ पुग्नेछ ।












