नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २२औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। सभा बिहान ९ बज होटल भिगवा बीरगञ्ज पर्सामा भएको हो । ।सभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको १५ दशमलव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजन सहित वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
त्यसैगरी सभाले आव २०७७र७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८र७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि कात्तिक १८ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा कात्तिक १७ गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।