पहिलोपटक शेयर लगानीकर्ता संसद छिरे, चितवनबाट हरी ढकाल विजयी
८ मंसिर २०७९, बिहीबार १२:३०

काठमाडौं । आम शेयर लगानीकर्ताहरुको मर्म बुझन पहिलोपटक सांसद बनेर हरी ढकाल विजयी भएका छन् । चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरी ढकालले ३१ हजार ३४४ मत ल्याई विजयी बनेका हुन् ।हरी ढकाल नेकपा एमालेका सूर्य प्रसाद पाण्डेको भन्दा ८ हजार ९४ मतले अगाडि रहेर विजयी भएका हुन् ।
त्यस्तै, नेकपा एमालेका सूर्य प्रसाद पाण्डेले २३ हजार २५० मत ल्याएका छन् भने कागेंसका विश्वनाथ पौडेलले २१ हजार ७ सय ६४ मत ल्याएको कारण पछाडि परेका छन् ।
यद्यपी, चितवन क्षेत्र नम्बर १ को अन्तिम मतपरिणाम केही बेरमा नै आउनेछ । ८ हजारको मतान्तरको कारण हरी ढकालले नै जित्ने अनुमान सबैले गरेका छन् ।












