लाभांश प्रस्तावसहित माउन्टेन इनर्जीको साधारण सभा पुष ८ गते बस्ने, बुकक्लोज कहिले ?
९ मंसिर २०७९, शुक्रबार १४:१८

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको कात्तिक २९ गते बसेको संचालक समितिको बैठकले सभा पुष ८ गते बस्ने निर्णय गरेको हो ।
संचालक समितिको निर्णयअनुसार सभा पुष ८ गते शुक्रबार अम्रपाली बैंक्वेट क्याटरिङ एण्ड इभेन्ट्स भाटभटेनी काठमाडौंमा बिहान १० बजे हुनेछ ।
उक्त सभाले गत आवको मुनाफाबाट शेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनार्थ मंसिर २८ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ मंसिर २७ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।












