कुमारी इक्वीटी फण्डको नाफा र न्याभ दुबै बढ्यो

काठमाडौं । कुमारी इक्वीटी फण्डले कात्तिक मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार फण्डको नाफामा उल्लेख्य सुधार देखिएको छ ।
असोज मसान्तसम्म १ करोड ४२ लाख रुपैयाँ भन्दा बढी नोक्सानीमा रहेको कुमारी इक्वीटी फण्डले कात्तिक मसान्तसम्म ४४ लाख ६७ हजार रुपैयाँ नाफा गरेको छ ।
कात्तिक महीनामा योजनाको आम्दानीमा सुधार देखिएसँगै नाफा गर्न सफल भएको हो । असोज मसान्तसम्म ९२ लाख रुपैयाँ भन्दा बढी ऋणात्मक देखिएको योजनाको कात्तिक मसान्तसम्म कुल आम्दानी १ करोड २९ लाख रुपैयाँभन्दा बढी भएको छ ।
कात्तिक मसान्तसम्म फण्डको सूचीकृत शेयरमा लगानी बढेर ५१ करोड ५३ लाख ४४ हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म १० रुपैयाँ १९ पैसा रहेको योजनाको प्रति इकाई खुद मूल्य (न्याभ)कात्तिक मसान्तसम्म १० रुपैयाँ ३८ पैसा पुगेको छ ।












